सप्तरीका कोरोना संक्रमित पुरुषको काठमाडौंमा ज्यान गयो


जनकपुरधाम : सप्तरीका एक कोरोना संक्रमित पुरुषको काठमाडौंमा उपचारको क्रममा ज्यान गएको छ । राजविराज नगरपालिका ७ का ७७ वर्षीय पुरुषको ग्राण्डी अस्पताल, काठमाडौंमा उपचारका क्रममा ज्यान गएको हो ।

निमोनियाको समस्या देखिएपछि एक साता अघि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । ‘प्रोस्टेट’को रोगले पीडित मृतकको पिसाब रोकिएर महिना दुई महिनामा ज्वरो आइरहने गर्दथ्यो– उनका छोराले भने ।

उपचारार्थ भर्ना भएका उनको बिहीबार निजी क्लिनिकमा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको र मृत्यु लगत्तै नेपाली सेनाको निगरानीमा काठमाडौं पशुपतिमा रहेको विद्युतिय शवदाह गृहमा अन्त्यष्टि गरिएको बताइएको छ ।

प्रकाशित : २०७७ भाद्र ६, शनिबार १३:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ