धनुषाको हारसरमा दुई समूहबीच कुटाकुट, ६ जना गम्भिर घाईते !


जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १० हारसरमा दुई समूहबीच झडप हुँदा ६ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा हारसर पछबारी टोलका पूजन चौधरी, दिप नारायण चौधरी, विरेन्द्र चौधरी, रामकरण चौधरी, विनोद साह र अभिषेक चौधरी छन् । अधिकांशको टाउको फुटेको छ । घाईते पूजनको उपचार जानकी हेल्थ केयर जनकपुरमा र अन्यको उपचार प्रादेशक अस्पतालमा भइरहेको छ ।

शुक्रवार साँझ ललित पासवान र महबुब पासवानबीच कुटाकुट भयो । महबुब हारसर पुरबरिया टोलका छन् । कुटाकुटपछि दुबै टोलका मानिसहरु त्यहाँ पुग्यो । त्यसपछि पुरबरिया टोलका युवाहरुले पछवरिया टोलका ६ जनालाई कुटेका थिए । चोटपटक भने पुरवरिया टोलका युवाहरुलाई पनि लागेको छ ।

पछबरिया टोलका ६ जनालाई बढी चोट लागेकाले उनीहरु अस्पताल भर्ना भएपछि कुटपिटमा संलग्न पुरबरिया टोलका युवकहरु फरार भएका छन् । घाईते हुनेगरी पछबरिया टोलका युवाहरुलाई कुट्नेमा महबुब राइन, मतबुल राइन, ममताज राइन, रफिद कवारीलगायतका छन् ।

घटनाबारे महेन्द्रनगरका सितेश झा फेसबुकमा लेख्छन्– एक जनाको जानकारी अनुसार सामान्य भनाभनलाई आफ्नो बलको आडमा एति ठूलो दुर्घटना निम्त्याउने प्रयास गरेको हो । यो घाट्ना निन्दनीय र दुःखद छ । यस्ता गतिविधि गरेर समाजमा रहेका गरिब,कम्जोर र एकल परिवारहरुलाई आफ्नो बाहुल्यको अगाडि झुक्याएर राख्ने प्रवृतीले गरेको बुझिन्छ ।’

प्रकाशित : २०७७ भाद्र ६, शनिबार १४:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ