सिरहाको नवराजपुरमा वडाध्यक्षले आसपासेलाई राहत बाँड्न लाग्दा…


जयनाथ यादब/ लहान : सिरहाको नवराजपुर गाउँपालिका ३ मा गुपचुप तरिकाले राहत वितरण भइरहेपछि स्थानीयले विरोध जनाएका छन् । स्थानीयले राहत नियन्त्रणमा लिएर प्रहरीको जिम्मेवारी लगाएका हुन् ।

वडा नम्बर ३ का वडाध्यक्ष इश कुमार यादब छन् । तर राहत भने कार्यालय सहयोगी वैजनाथ यादबले बाड्न लाग्दा स्थानीयले उनलाई नियन्त्रणमा लिएका थिए । कार्यालय सहयोगी र राहतलाई प्रहरीको जिम्मा लगाइएको छ ।

प्रदेश सरकारले लकडाउनका कारण समस्यामा परेका परिवारका लागि प्रदेश सरकारले दोस्रो चरण अन्तर्गत वडालाई ५८ वटा पोका पठाएको थियो । तर लामो समयपछि वडाध्यक्षले आफ्ना आसपासेलाई कार्यालय सहयोगी मार्फत वितरण गराउन लागेपछि अवरोध गरेको स्थानीयको भनाई छ ।

स्थानीय बंशी यादबले कार्यालय सहयोगीले लकडाउनका कारण हातमुख जोड्न समस्या परेकालाई वितरण नगरी वडाध्यक्ष नजिकका व्यक्तिलाई बाड्न लाग्दा राहत नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको जानकारी दिए ।

भिडियो हेर्नुहोस् –

https://www.youtube.com/watch?v=R_sxrApkVb0
प्रकाशित : २०७७ भाद्र ६, शनिबार १६:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ