रौतहटका दुई स्थानीय तहलाई सेनाले दिए नाईटभिजन हेलिप्याड


रौतहट : रौतहटका दुई स्थानीय तहलाई नेपाली सेनाले नाईटभिजन हेलिप्याड हस्तान्तरण गरेको छ । ईन्द्र बकस गणका प्रमुख नेपाली सेनाका कर्णेल सामन्तध्वज खांडले शुक्रबार सांझ छुट्टाछुट्टै कार्यक्रम गरेर दुबै हेलिप्याड हस्तान्तरण गरेका हुन् ।

कार्यक्रम अन्तरगत नेपाली सेनाले गौर नगरपालिका ८ स्थित निर्माण गरेको हेलिप्याड मेयर अजयकुमार गुप्तालाई कर्णेल खांडले हस्तान्तरण गरेका छन् । त्यसैगरी बागमती नदी नजिकै गढिमाई नगरपालिका समनपुरमा निर्माण भएको हेलिप्याड मेयर श्याम प्रसाद यादवलाई कर्णेल खांडले हस्तान्तरण गरेका छन् ।

बर्षायाममा बर्सेनि बाढी तथा डुबानबाट अति नै प्रभावित रौतहटमा डुबानको समयमा राहत तथा उद्वारको लागि उक्त नाईटभिजन हेलिप्याड प्रयोग गर्दा सहज हुने नेपाली सेनाका कर्णेल सामन्तध्वज खांडले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र ६, शनिबार १६:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ