जनकपुरका तीन बैंकका तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि


जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामका तीन बैंकका तीन जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार आएको पिसिआर रिपोर्ट अनुसार बैंक अफ काठमाडौं, एभरेष्ट बैंक र सिद्धार्थ बैंकका एक/एक जना कर्मचारीमा कोरोना पुष्टि भएको हो । संक्रमित कर्मचारीको नाम र ठेगाना गोप्य राखिएको छ ।

जनकपुरका अधिकांश बैंकका कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि मुक्तिनाथ विकास बैंक, माछापुच्छ्रे बैंक र नेपाल बंगलादेश बैंकको शाखा बन्द गरिएको छ ।

प्रकाशित : २०७७ भाद्र ६, शनिबार २१:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ