नेपालमा आईतवार थपिए ८१८ कोरोना संक्रमित, मृतकको संख्या १४९ पुग्यो


काठमाडौं : नेपालमा कोरोना संक्रमितमध्ये आइतबार थप ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो पटक झापाका ५८ बर्षिय पुरुष पर्साकी ५८ बर्षिया महिला र सिरहाकी ३३ बर्षिया महिला गरि ३ जनाको मृत्यु भएको जानकारी दिए ।

योसँगै देशमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा देशभरका ४ वटा प्रयोगशालामा गरीएको पीसीआर परीक्षणमा देशभर ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा देशभर विभिन्न अस्पतालबाट २८१ जना डिस्चार्ज भएको जानकारी दिए । उनका अनुसार हालसम्म निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ ।

हालसम्म आइसोलेसनमा रहनेको संख्या ३ हजार ९ सय ४३ रहेको छ ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार १७:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ