धनुषा : फिल्मी शैलीमा किशोरीलाई सामुहिक बलात्कार, एक युवक पक्राउ


जनकपुरधाम : फिल्मी शैलीमा एक किशोरीलाई सामुहिक बलात्कार गर्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका २ धरमपुर बस्ने १९ वर्षीय विजय कुमार यादब पक्राउ परेका हुन् ।

पक्राउ परेका यादबसहित ४ युवकले भदौं १ गते साँझ साढे ६ बजे दिदीको घर नौसयबाट आफ्नो घर जाँदै गरेकी किशोरीलाई धनुषाधाम नगरपालिका २ स्थित सुकन यादबको धान खेतमा लगेर पालैपालो बलात्कार गरेका थिए । घटनापछि पीडितले दिएको हुलियाको आधारमा यादब पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनामा संलग्न अन्य तीन जना फरार छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार बलात्कृत किशोरीसँग दुई भाई पनि थिए । तर दुबै भाइलाई कुटपिट गरी भगाए । होहल्ला भएपछि गाउँका अन्य व्यक्तिहरु पनि घटनास्थल पुगे । तर दुई मोटरसाइकलमा सवार चार जना (यादबसहित)ले सबैलाई घर पठाए । त्यसपछि किशोरीलाई खेतमा लगेर सामुहिक बलात्कार गरेको थियो ।

पक्राउ परेका यादबमाथि जर्वजस्ती करणी मुद्दा अन्तर्गत म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र ७, आईतवार १७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ