प्रदेश २ : लागुऔषध चरेस र गाजाको धुलोसहित २ युवक पक्राउ


वीरगन्ज : पर्सामा प्रहरीले लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

साढे ८ किलो चरेससहित प्रहरीले पर्साको पटेर्वा सुगौली गाउँपालिका ५ का ४५ वर्षका रामचन्द्र राय थारु र सोही स्थानका ५० वर्षका जितन ओझैयालाई पक्राउ गरेको हो ।

बिआर २२ एजी ७३७२ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्दा सो परिमाणको चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

एक जनाको साथमा ४ किलो ५ सय ग्राम चरेस, ५ सय ग्राम गाजाको धुलो र अर्काको साथबाट ४ किलो चरेस तथा ५ सय ग्राम गाजाको धुलो बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

लागुऔषधसहित पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार १९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ