सिरहा विद्युतका कर्मचारी ८० हजार घुससहित रंगेहात पक्राउ


सिरहा, २३ भदौं । सिरहामा विद्युतका एक कर्मचारी ८० हजार घुससहित पक्राउ परेको छ । अख्तियारको टोलीले विद्युत कार्यालय सिरहाका इलेक्ट्रेसियन छेदिलाल साहलाई पक्राउ गरेको हो ।

विष्णुपुरस्थित एक होटलमा सेवाग्राहीबाट घुस लिएपछि रंगेहात उनलाई पक्राउ गरिएको अख्तियारका एक कर्मचारीले जानकारी दिए । घुस मागेको सूचना सेवाग्राहीले दिएको आधारमा उनलाई पक्राउ गर्न सफल भएको उनले बताए ।

पक्राउ परेका इलेक्ट्रेसियन साहमाथि अख्तियारले कारबाही प्रक्रिया अगाडी बढाएको छ । आजै उनलाई अख्तियारको कार्यालय बर्दिबास लगिनेछ ।

प्रकाशित : २०७६ भाद्र २३, सोमबार ०९:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ