जनकपुरको प्रादेशिक अस्पतालका थप ५ कर्मचारी र ४ विरामीमा कोरोना पुष्टि


सिबेन्द्र रोहिता/ जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरका थप ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ जना महिला छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार २४, ३८ र ५० वर्षीया महिला कर्मचारीमा संक्रमण पुष्टि भएको छ । संक्रमित दुई पुरुष २५ र ५४ वर्षका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

यस्तै अस्पतालमा उपचाररत ४ विरामीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित विरामी सबै धनुषाकै छन् ।

यसअघि पनि प्रादेशिक अस्पतालका डाक्टर, नर्स र सफाईकर्मचारीसहितका दर्जनौं कर्मचारी कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये केहि कर्मचारी निको भएर काममा फर्किसकेका छन् ।

प्रकाशित : २०७७ भाद्र ९, मंगलवार १९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ