कोरोना संक्रमित ४४ वर्षीया महिला र ३७ वर्षीय पुरुषको मृत्यू


जनकपुरधाम : बुधवार कोरोना संक्रमित एक महिला र एक पुरुषको मृत्यू भएको छ । विराटनगरमा ४४ वर्षीया महिला र बाँकेमा ३७ वर्षीय पुरुषको मृत्यू भएको हो ।

विराटनगर महानगरपालिका १५ की महिलाको मोरङको बूढीगंगा गाउँपालिका २ स्थित टंकी सिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ ।

महिलाको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पतालमा भर्ना भएकी थिइन् । आइसोलेसनमा भर्ना गर्न नपाइ ती महिलाको आकस्मिक कक्षमै मृत्यु भएको बताइएको छ ।

यस्तै कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका १ का ३७ वर्षीय पुरुषको मंगलवार राति मृत्यू भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले पुष्टि गरे ।

प्रकाशित : २०७७ भाद्र १०, बुधबार ०९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ