५४ वर्षीय हजुरबाले आफ्नै ८ बर्षीया नातिनीलाई बलात्कार गरेपछि…


उदयपुर : आफ्ना अभिभावकको पनि अभिभावक हजुरबाबाटै उदयपुरकी एक बालिका बलात्कृत भएकी छिन् ।

उदयपुरको त्रियुगा नगरपालिकमा ८ वर्षीया आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ५४ वर्षीय हजुरबुबालाई बिहीबार पक्राउ गरेको छ । बुधबार घरका सदस्य नभएको मौका छोपी आरोपितले बालिकालाई यौनाङ्ग देखाउने र यौन दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए ।

आरोपितले साउन १२ गतेसमेत बालिकालाई बलात्कार गरेको प्रारम्भिक बयानबाट खुलेको उनले बताए । पक्राउ परेका आरोपितलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान शुरु गरिएको एसपी दाहालले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र १०, बुधबार २१:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ