मधेसी महिला सशस्त्र प्रहरीको इन्सपेक्टर भएपछि एकाएक चर्चामा


जनकपुरधाम : सशस्त्र प्रहरीको इन्सपेक्टर (प्रहरी निरीक्षक) पदमा एक मधेसी महिलाले नाम निकाल्न सफल भएकी छिन् ।

इन्सपेक्टरमा नाम निकाल्न सफल विजयनगर गाउँपालिका ७, कपिलवस्तुकी प्रतिभा पाल एकाएक चर्चामा आएकी हुन् । उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनलाई बधाई तथा सफल कार्यकालको शुभकामनाले फेसबुकको वाल रंगिएको छ यतिबेला ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले भदौ ८ गते प्रकाशित गरेको नतिजामा महिला/खुल्ला समूहतर्फ प्रतिभा पाल दोस्रो नम्बरमा नाम निकालेको देखिन्छ । विभिन्न निकायमा मधेसीमाथि भइरहेको विभेदका बाबजुद उनी इन्सपेक्टर पदमा नाम निकालेकी हुन् ।

प्रकाशित : २०७७ भाद्र १०, बुधबार २२:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ