कोरोना भाइरसबाट बाराकी २३ वर्षीया गर्भवती महिलाको ज्यान गयो


जनकपुरधाम : कोरोना भाइरसको संक्रमणबाट बाराकी गर्भवती महिलाको ज्यान गएको छ ।

बाराको सुवर्ण गाउँपालिका ४ हर्दिया की २३ वर्षीया महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक ती महिलाको गर्भमा ३३ हप्ताको बच्चा रहेको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई भदौ ८ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई २४ घण्टादेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।

उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र ११, बिहीबार १०:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ