पूजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न गृह मन्त्रालयको सर्कुलर (गोप्य पत्रसहित)


जनकपुरधाम : रौतहटमा भएको पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न गृहमन्त्रालयले गोप्य सर्कुलर जारी गरेको खुलेको छ ।

भदौं ३ गते राति राखा खाइरहेकै अवस्थामा अपरिचित व्यक्तिले रौतहटको माधवनारायण नगरपालिका २ खेसहरियास्थित हनुमान मन्दिरका पूजारी श्रीराम साहको गोली हानेर हत्या गरियो । त्यसपछि घटनाको विरोधमा पटक पटक आन्दोलन भएको छ । तर गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक र सबै जिल्ला प्रशासन कार्यालयहरुलाई विरोध प्रदर्शन रोक्न गोप्य सर्कुलर पठाएको खुलेको हो ।

जारी गरेको सर्कुलर पत्रमा ‘गोप्य र अत्यन्त जरुरी’ सूचना लेखिएको छ । उक्त पत्र भदौं ७ गते पठाइएको छ । मन्त्रालयका शाखा अधिकृत प्रतिक राईले हस्ताक्षर गरेको पत्रमा विभिन्न जिल्लामा प्रदर्शन र ज्ञापन पत्र बुझाउने कार्यहरु भएको बताउँदै अवाञ्छित गतिविधि रोक्न भनिएको छ ।

‘घटनाको विषयलाई लिएर जिल्लाहरुमा हुनसक्ने अवाञ्छित गतिविधिहरु हुनरगर्न नदिन सम्बन्धित निकायसँग समन्वय गरी कानुन विपरितका कार्य भए/ गरेको पाइएमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने व्यवस्था हुन आदेशानुसार अनुरोध छ,’ पत्र मार्फत निर्देशन दिएको छ ।

प्रकाशित : २०७७ भाद्र ११, बिहीबार ११:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ