धान सखाप पार्दै किरा : किसान चिन्तित, जनप्रतितिधी बेखबर !


जयनाथ यादव/ लहान : धानमा किराको आतंकले किसान चिन्तित बनेका छन् । कृषि प्रधान देश भएपनी कृषि र किसान लाई सुविधा छैन ‌।

चुनावका बेला किसानलाई ठुला ठुला सपना देखाउने नेताहरु जितेर साँसद र मन्त्री बनेपछि विर्सिने गर्छन् । अहिले धानमा किरा लाग्दा समेत जनप्रतिनिधिहरु केहि पहल गरेका छैन । सिरहाको नवराजपुर १ तामासुईयाको किसान मो. हेमत मियाँले कोरोना कहर र मलको अभावमा गरिएको धान खेतीमा किराले आतंक मच्चाएको बताए ।

उनी भन्छन्, ‘नष्ट हुदै गरेको धानलाई बचाउन विभिन्न उपायहरु अपनाए । तर किराको प्रकोप हटेन । धानको जरामा सेतो किरा लागेपछी विस्तारै धानबाली सुक्न थालेको छ ।’ धानको हालत देखैर निद्रा समेत लाग्न छाडेको उनले दुखेसो पोखे ।

उनले भने, ‘खेत आउन मन लाग्दैन । यस्तै रह्यो भने उब्जा हुदैन । कसरी पेट पाल्छु ? कसरी परिवार पाल्छु ? अब त किसानले आत्महत्या गर्ने बेला आउने सम्भावना छ ।’ कृषि र किसानको समस्या समाधान गर्न तिनै तहको सरकारसँग उनले अनुरोध समेत गरे ।

यता, नवराजपुर गाउँपालिकाका कृषि शाखा प्रमुख लालबाबु यादवले धानमा गवारो किरा लागेको बताए । गाउँपालिका बन्द रहेकाले किसानको यो समस्या कसरी समाधान हुनसक्छ भन्ने विषयमा छलफल नभएको उनको भनाई छ ।

प्रकाशित : २०७७ भाद्र ११, बिहीबार १४:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ