यातना दिएर ‘विजय राम’को हत्या गर्ने प्रहरीलाई फाँसी दिन माग


जनकपुरधाम : प्रहरीले यातना दिएर दलित युवक विजय रामको हत्या गरेको भन्दै रौतहटको गरुडामा विशाल प्रदर्शन गरिएको छ । प्रहरी कार्यालय अगाडी करिब हजारौंको संख्यामा उपस्थित सर्वसधारणले हत्यारालाई फाँसीको माग गरेका हुन् ।

प्रदर्शनकारीहरुले प्रहरी कार्यालयका इन्चार्ज डिएसपी ज्ञानकुमार महतोलाई निलम्बन गर्न समेत माग गरेका छन् । प्रदर्शनका कारण केहिबेर अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शनमा सहभागिहरुले दलितमाथि निरन्तर भइरहेको आक्रमणप्रति आक्रोसित बनेको देखियो ।

गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा राम पक्राउ परेका थिए । रामको उपचारको क्रममा बुधवार राति वीरगञ्जको नेशनल मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्याको आरोपमा रामसहित सात जनालाई पक्राउ गरेको थियो । हत्याको मुख्य दोषीलाई जोगाउन प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरी चरम यातना दिएको स्थानीयको आरोप छ । प्रहरीले कुटपिट गरेपछि गम्भिर घाईते भएका रामको मृत्यू भएको स्थानीय बताउँछन् ।

यस्तै जनता समाजवादी पार्टीका रौतहट इन्चार्ज एवं मधेस प्रदेश सदस्य बृजकिशोर यादबले विज्ञप्ती जारी गरी मृतक रामलाई शहिद घोषणा गर्न माग गरेका छन् । पीडित परिवारलाई क्षतिपुर्ति दिन, निर्दोषलाई रिहा गर्न र दोषीलाई कारबाही गर्न समेत विज्ञप्तीमार्फत माग गरिएको छ ।

प्रकाशित : २०७७ भाद्र ११, बिहीबार १७:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ