प्रदेश २ मा कोरोनाबाट २४ घण्टामै ८ जनाको गयो ज्यान, १२४ संक्रमित थपिए


जनकपुरधाम : प्रदेश २ मा २४ घण्टामै ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ज्यान जानेमा बाराकै ५ जना छन् ।

सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण बाराका ४२, ५९, ७० र ७५ वर्षीय पुरुष र २३ वर्षीया एक गर्भवती महिलाको ज्यान गएको छ ।

यस्तै कोरोना संक्रमित पर्साको सुपौलीका ६८ वर्षीय पुरुष र वीरगन्ज महानगरपालिका(१४ का ६२ वर्षीय पुरुषले समेत ज्यान गुमाएका छन्। धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका(४ का ४५ वर्षीय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ ।

योसँगै प्रदेश २ मा कोरोनाले ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । जसमध्ये ११ महिला छन् ।

१ सय २४ संक्रमित थपिए

प्रदेश २ मा बिहीवार १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ५५१ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबभन्दा बढी धनुषामा ३७ जना संक्रमित थपिएका छन् । जसमध्ये जनकपुर बजार क्षेत्रका ११ जना छन् ।

धनुषामा स्वास्थ्यकर्मी, सशस्त्र प्रहरी र कर्मचारी बढी संक्रमित भएको देखिन्छ । जनकपुरस्थित प्रादेशिक अस्पतालका थप २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सोही अस्पतालमा उपचाररत हंसपुर नगरपालिकाका एक पुरुष पनि संक्रमित भएका छन् ।

यस्तै सशस्त्र प्रहरीका ४ जना, मालपोत कार्यालयका १ जना, प्रहरी कार्यालय ढल्केबरका २ जना र आयुर्वेद औषधालयका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै महोत्तरीका ६ जना, सिराहका ४ जना, बाराका १० जना, पर्साका २६ जना, सर्लाहीका ३ जना, रौतहटका ६ जना र सप्तरीका ३२ जनामा पनि कोरोना पुष्टि भएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासन विजय झाले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र ११, बिहीबार २०:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ