दलित तथा विपन्न परिवारलाई राहत वितरण


कुलदिप ‘प्रेम’/ जनकपुरधाम : महोत्तरीको मनरासिस्वा नगरपालिका १० का १८७ दलित तथा विपन्न परिवारहरुलाई राहत वितरण गरिएको छ ।

प्रादेशिक स्तरको गैरसरकारी संस्था महिला सशक्तिकरण अभियानद्वारा मनरासिस्वा नगरपालिका १० का वडा अध्यक्ष अरुण चौधरीको समन्वयमा राहत वितरण गरिएको हो । संस्थाका कार्यकारी निर्देशक उपासना कुमारी तिवारीका अनुसार कोरोना महामारीको समयमा दैनिक ज्यालादारी गरि छाक टार्ने समस्या भएकाहरुलाई राहत वितरण गरिएको छ ।

संस्थाले कर्मचारी तथा सदस्यहरुको सहयोगमा राहत वितरण गरिएको छ ।
राहत वितरण कार्यक्रममा मनरासिस्वा नगरपालिका १० का वडा अध्यक्ष अरुण चौधरीले गरेको सहयोगप्रीत संस्थाकी कार्यकारी निर्देशक तिवारीले आभार व्यक्ति गरिन् ।

उक्त संस्थाले कोरोना महामारी कै समयमा संयुक्त राष्टिय जनसङ्ख्या कोष जनकपुरको सहयोगमा धनुषा, सर्लाही, रौतहट, महोत्तरी, सप्तरी र सिरहा जिल्लाका आइसोलेशन तथा क्वारेन्टाइनमा रहेका महिला र किशोरीहरुको मर्यादा सुरक्षाको लागि मर्यादा सामाग्री समेत वितरण गरेको छ ।

प्रकाशित : २०७७ भाद्र ११, बिहीबार २२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ