सिरहा पुर्याउन लागेका ४ बोरा गाँजासहित २ जना पक्राउ, मुख्य तस्कर फरार !


जनकपुरधाम : प्रहरीले उदयपुरबाट भारततर्फ लैजाँदै गरेको चार बोरा गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका १ का २९ वर्षीय पुष्पबहादुर मगर र सोही गाउँपालिका ३ का ४३ वर्षीय रामबहादुर तामाङ छन् ।

ताप्ली गाउँपालिका क्षेत्रबाट संकलन गरी उदयपुरगढी गाउँपालिका हुँदै भारत लैजाँदै गरेको अवस्थामा गाँजासहित दुबैजनालाई विहिवार पक्राउ गरिएको उदयपुरका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार बरामद गाँजा ८४ किलो रहेको छ ।

प्रहरीका अनुसार मुख्य तस्करले उनी दुबै जनालाई गाँजा बोकेरै सिरहा जिल्लासम्म पुर्‍याउन अह्राइएको थियो । गाँजा ओसारपसारमा संलग्न मुख्य व्यापारी पक्राउ परेका छैनन् । भरिया र मुख्य कारोबारीसहित पाँच जना फरार रहेको प्रहरीको भनाई छ ।

उदयपुरका व्यापारीले सिरहाको व्यापारीलाई जिम्मा लगाउने र त्यहाँको व्यापारीले भारत पुर्‍याउने गरेको पाइएको प्रहरी उपरीक्षक दाहाल बताउँछन् । फरार पाँच जनाको पहिचान भइसकेको र उनीहरु चाँडै पक्राउ पर्ने समेत उनले बताए ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १६:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ