सप्तरीको पोखरीमा डुबेको ७ घण्टापछि बालिका जिउँदै निस्केपछि…


राजविराज : सप्तरीमा एउटा अचम्मको घटना घटेको छ । जुन घटनाको कल्पनासम्म गर्न सकिदैन । मान्छे पोखरीमा डुब्यो भने के बाँच्न सकिन्छ ? भनेर प्रश्न गर्दा जोकोहीले पनि भन्छन् धेरैमा २/३ मिनेट बाँच्न सक्छ होला ।

तर सप्तरीको बलान विहुल गाउपालिका ६ को एक पोखरीमा डुवेकी बालिका ७ घण्टापछि जिवित्तै फर्किन् । धर्मिक स्थलको रुपमा चिनिने बरकी पोखरीमा कमलको फुल टिप्न गएकी १४ वर्षीया बालिका मुनचुन कुमारी दास पानीमा हराइन् । बिहिवार साझ करिब ५ बजेको कुरा हो यो । स्थानीयले थाहा पाएपछि पानीमा खोजे पनि । तर भेटिनन् ।

स्थानीयले फेला पार्न नसकेपछि प्रहरीलाई समेत आफ्न्तले खबर गरे । प्रहरी चौकी रामनगर कोदरकट्टीवाट प्रहरी सहायक निरीक्षक राम विनय सिंहको नेतृत्वमा प्रहरी खट्यो । तर उनीहरु समेत फेला पार्न सकेनन् । मध्यरातमा भने बालिका पोखरीको डिलमै रहेको कदमको रुख मुनी रुदै गरेको अवस्थामा फेला परिन् ।

कसैले नसोचे जस्तो उनी जिउदै पोखरीबाट बाहिरिएपछि स्थानीय आश्चर्य चकित भएका छन् । अहिले लकडानकाबीच बालिकालाई हेर्ने सर्वसधारणको घुइचो लागेको छ । पोखरी डिलमा ठाकुर बावाको मन्दीर रहेको र ठाकुर बाबाकै चमत्कारले ति बालिका पोखरीबाट जिउँदै निस्केको स्थानीयले बताउँन थालेका छन् ।

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ