प्रदेश २ : शुक्रवार थपिए ७९ कोरोना संक्रमित, ५ को मृत्यू (हेर्नुस् पुरा डिटेल)


सिबेन्द्र रोहिता/ जनकपुरधाम : प्रदेश २ मा शुक्रवार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादबका अनुसार पछिल्लो २४ घण्टामा ३१ महिला र ४८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा संक्रमितको संख्या ९ हजार ६३० पुगेको छ ।

शुक्रवार सबभन्दा बढी रौतहटमा २० जना संक्रमित थपिएका छन् । यस्तै धनुषामा १९ जना, महोत्तरी र सर्लाहीमा १३÷१३ जना, सप्तरीमा ६ जना, बारामा ५ जना, सिरहामा २ जना र पर्सामा १ जना थपिएका छन् ।

हेर्नुस् पुरा डिटेल :

प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १८:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ