सबै स्थानीय तहमा ५ शय्याको अस्पताल संचालनको तयारी, ६४ करोड निकासा


काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका छन् ।

यो निर्णयसँगै अस्पताल नभएका ६ सय ४९ तहमा ५ शय्याको अस्पतालको सेवा तत्कालै सुरू हुनेछ । आवश्यक औजार र उपकारण खरिदका लागि आजै मात्र ६४ करोड निकासा भएको छ ।

अस्पतालमा तत्कालमै कम्तीमा एकजना एमबिबिएस गरेको चिकित्सक, दुईजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् । यसको व्यवस्थापन स्थानीय तहले गर्ने छन् । अस्पताल राख्‍ने स्थानबारेको निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिइएको छ ।

त्यसैगरी निजी तथा सामुदायिक अस्पताललाई कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नीतिगत निर्णय गरेका छन् ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार ०८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ