सिरहाका कोरोना संक्रमित एक वृद्धको धरानमा ज्यान गयो


विराटनगर : सिरहाका कोरोना संक्रमित एक बृद्धको धरानमा शुक्रवार राति मृत्यू भएको छ । मृत्यू हुनेमा सिरहाको लहान नगरपालिकामा पर्ने भदैयाका ८४ बर्षीय वृद्ध छन् ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रवार राति ११ बजेर २० मिनेटमा वृद्धको मृत्यू भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार मृतक भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका थिए भने भदौ ७ गते उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

मृतक वृद्धलाई मृगौलाको समस्या भएर डाइलाइसिस पनि गरिएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए । उनका अनुसार वृद्धई अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि उनका परिवारले वीपी प्रतिष्ठान ल्याएका थिए ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार ०९:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ