झारफुकको बहानामा कुटीमै बोलाएर पुजारीले गरे दुई युवतीलाई बलात्कार


बाँके : झारफुकको बहाना बनाएर एक पुजारीले कुटीमै दुई युवतीलाई बोलाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

जिल्लाको डुडुवा गाउँपालिका ५ कम्मरजँहा स्थित बाबाकुटी मन्दिरका पुजारी ४० वर्षीय नजिर महमद बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बाँकेका एसपी ओमबहादुर रानाले बताए ।

‘पुजारीले स्थानीय २८ र ३० वर्षीया दुई युवतीलाई झारफुक गर्ने बहानामा बुधबार कुटीमै जबर्जजस्ती करणी गरेको जानकारी प्राप्त भएको छ’, एसपी राणाले, ‘पक्राउ परेका पुजारीमाथि मुद्दा समेत दर्ता गरिसकेका छौं ।’

पक्राउ पर्ने अहमदलाई पुजारी भनिएको छ । यद्दपी उनी मुसलमान हुन् ।

बाँकेका डीएसपी विश्वास खड्का भन्छन्, ‘गाउँमा एउटा कुटि छ । त्यहाँका मुख्य पुजारी बाबाको निधन भयो । अनी महमदलाई हेरचाह गर्न त्यहाँ राखेको थियो । उनी झारफुक समेत गर्दै आएका थिए । उनी अगरवत्ती धुप समेत बाल्छन्, त्यसैले गाउँले भाषामा उनलाई पुजारी भन्छन् ।’

प्रकाशित : २०७७ भाद्र १३, शनिबार ०९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ