प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीहरु परिवर्तन गर्न छलफल भएकै छैन : यादव


काठमाडौं : जनता समाजवादी पार्टीका शीर्ष नेता तथा संघीय सांसद महेन्द्र राय यादवले प्रदेश २ सरकारका मुख्यमन्त्री र मन्त्रीहरू परिवर्तनको विषयमा पार्टीभित्र छलफल नभएको स्पष्ट पारेका छन् ।

नेता यादवले अहिले केही छलफल नभएको र प्रदेशका सासंदजीहरूले सबै नेताहरूलाई ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘त्यतिसम्म मात्र हो । त्यसमा धेरै कुरा जनताबाट पनि उठेकै हो । यसमा हाम्रो कुनै गृहकार्य भएको छैन ।’

संसदीय दलको नेता परिवर्तन हुन्छ त अब ? भन्ने जिज्ञासामा उनले थपे, ‘स्वभाविक रूपले पार्टी यहाँ पनि र त्यहाँ पनि दर्ता भयो । त्यो त कानूनी प्रक्रिया हो । अब हाम्रो पार्टीको जुन समायोजनको कुरा हो, समायोजनको काम तलदेखि माथिसम्म सम्पन्न गर्नुपर्दछ । यसको लागि हाम्रो आन्तरिक र औपचारिक छलफलहरू भईरहेको छ ।’

उनले प्रदेश नम्बर २ को सरकारले सिमिति साधन र स्रोतका बावजुदपनि काम गरिरहेको जिकिर गरे । उनले भने, ‘प्रदेश २ सँग जुन स्रोत, साधन छ, सकेको काम प्रदेश २ ले गरिरहेको छ । सबै प्रदेशको एउटै नेचर र कानूनी अधिकार छ । अहिले पनि यो प्रदेश भनेको केन्द्रको मातहत नै हो । प्रत्यक्ष रूपमा केन्द्रिय शासन नै हो यो ।’

प्रकाशित : २०७७ भाद्र १३, शनिबार २२:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ