‘यातना दिएर विजय रामको ज्यान लिने प्रहरीलाई जन्मकैद सजाज दिनुपर्छ’


सप्तरी : रौतहटमा प्रहरीले दिएको चरम यातना दिएर विजय रामको हत्या गरेको भन्दै समाजवादी पार्टीका नेता तथा दलित अगुवा राजेश विद्रोहीले घटनामा संलग्न डिएसपी तथा अन्य प्रहरीलाई जन्मकैद सजायको माग गरेका छन् ।

हत्याविरुद्ध सप्तरीको कल्याणपुर विसनपुर चौकमा संयुक्त दलित संघर्ष समितिको विरोधमा उनले भने, ‘प्रहरीले योजनाबद्ध रुपमा हत्या गरेको छ । हत्या पारदर्शी छ तर, सरकारले हत्यारालाई कार्वाही गर्न चाहेका छैन । छानवीनको नाममा नौटंकी मात्र गरेको छ ।’ राज्यको सुरक्षा निकायबाट लोकतन्त्र र मानवअधिकारको हत्या पटकपटक गर्दै आएको भन्दै उनले आक्रोस पोखे ।

कार्यक्रममा संघर्ष समितिका सप्तरी जिल्ला अध्यक्ष प्रथमलाल रामले आफूहरु विरोध कार्यक्रम गर्ने कुराको प्रहरीले थाहा पाएपछि कल्याणपुर ईप्रकाका ईन्सपेक्टरले कार्यक्रम गरे कानुन अनुसार कार्वाहीको धम्की दिएको बताएका छन् । उनले भने, ‘मलाई पटकपटक प्रहरी पठाए दबाब दिएको छ । कानुनको धाक लगाएको छ ।’ प्रहरीभित्र अपराधी मानसिकता बढेकाले त्यस्ता प्रहरीलाई दिएको कानुनी अधिकार खारेज गर्नुपर्छ- उनले भने ।

अर्का अभियान सियाराम पासवानले दलितमाथि राज्यको कुनै पनि निकायको मान्सिक्ता सहि नभएको बताए । उनले भने, ‘हामी दलितहरू आफ्नो हकअधिकार र मुक्तिकालागि अरु विजय राम बन्न तयार छौं । प्रहरी अनुसन्धानको नाममा दलित हत्या गर्न पाउँदैन । विजय राम र शम्भु सदा हत्याको बदला लिएर छाडछौ ।’ प्रहरीभित्रको घुसखोरी र अपराधी मानसिकतालाई दलितहरुले मात्र ठिक पार्ने उनको भनाई थियो ।

प्रकाशित : २०७७ भाद्र १३, शनिबार २३:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ