‘मस’ जोडी : जसले बालिदिए भोकै बसेका मोतीलालको चुलोमा आगो


  • राजेश विद्रोही

यतिबेला एक बोरा चामलका लागि गरिब, दलित र मजदुरहरु वर्सौदेखिका आफ्ना राजनीतिक आस्थाहरु विर्सन मजबुर छन् । भोकका लागि आफ्ना नजिकका आफन्त र इष्टमित्रहरू साथ नदिएपछि र उनीहरुको अवस्था पनि उस्तै रहेपछि भोक टार्न नयाँ सम्बन्धहरु खोज्ज थालेका छन् । त्यो नयाँ सम्बन्ध भनेको नबलेको चुलोमा आगो बाल्नलाई हो ।

सिरहा लहान नगरपालिका ५, का ५५ वर्षीय मोतीलाल पासवान सानैदेखि कम्युनिस्ट राजनीतिक आस्थामा विश्वास गर्थे । सोही अनुसार आफ्नो काम पनि गर्थे । मजदुरी पनि गर्थे । तर, यतिबेला कोरोना महामारीको लकडाउनमा उनको मन राजनीति आस्थाप्रति टुटेको छ । उनी भन्छन्, ‘राजनीतिक आस्थाभन्दा भोक ठूलो ।’

उनी भोक मेटाउने पछाडि दौडिरहेका छन् । आफ्नो भोकको आवाज कसले सुनीदिने भनेर सुनाउँदै हिडेका छन् । आफ्नो दुःखको कथा सुनाउँदै हिडे कसैले न कसैले पक्कै सुनीदेला भनेर उनमा आत्मविश्वास विश्वास छ ।

उनी आफ्ना कथा र व्यथा सुनाउने क्रममा एकाविहानै सुकेको ओठ लिएर पाठकको घरमा आइपुगे । पाठकको अवस्था पनि उनीभन्दा कम थिएन । तर, पाठकले आफ्ना लागि हात फिजाउन नसकेपनि अरुका लागि हात फिजाउन कन्जुस्याइँ गरेन । उनकै आग्रहमा तस्बिर खिचिए र उनका संक्षिप्त वृतान्त फेसबुकमा राखी दिए । तस्बिरले तान्यो– लहानका एक चर्चित समाजसेवी ‘मस’ जोडिएको मन । उनी पनि के कम । लकडाउनभरी यस्तै गरिब गुरुवाहरुको भोकमा मलमपट्टी लगाउँदै आएपछि उनी एक कल फोनको भरमा बालिदिए दुई दिनदेखि नबलेको चुलोमा आगो । र, मेटाइ दिए दुई दिनदेखि भोकभोकै बसेका उनको पारिवारिक भोक ।

मोतीलाल बोल्न तगडा छन्, उनी झुक्न जान्दैनन् कतै । त्यसैले कोही उनलाई आफ्नो भनेर विश्वास गर्दैन रे । अरुको खेतबारीमा टाटी बेरी लगाएर दैनिक मजदुरी गर्दै आएका पासवानको हातमुख जोर्ने रोजगार लकडाउनले खोसिएको छ । छोरा भाडामा अर्काको रिक्सा चलाउँछन् । लकडाउनमा प्रहरीले बन्द गरेको छ । बीचमा केही दिन खुकुलो भएपछि रिक्सा लिएर उनी बजार त पसे । तर, रिक्सामा चढ्न पहिलाको जस्तो मानिस सडकमा भेटिएन । दुुई दिन त प्रहरीले रिक्सा समेत तानेर लगे । त्यसपछि रिक्सा लिएर उनी बजार पस्नै छोडेको छ ।

घरमा छोरालाई भोकले यतिबेला ग्याष्टिक भएको छ । उनको पेट दुखि रहन्छन् रे । औषधी किन्ने पैसा छैन । बुहारीलाई दाँतको समस्या छन् रे । उपचारमा लाने हिम्मत छैन । दुईजना नातिनातिनी छन् । जेनतेन छिमेकीसँग उनीहरुको भोक टारेको छ ।

उनी भन्छन्, ‘हामी सुकुम्बासी । आँगनमा एकथान गाई छ । तर, यतिबेला सस्तोमा पनि लिने मान्छे कोही छैन । लिने मान्छे भए बेचेर केही दिन भोक टार्थे । उनले पाठकलाई आग्रह गरे, दुई दिनदेखि चुलो बलेको छैन् । कतैबाट चुलो बल्ने सहयोग भए गराई दिनुस् हजुर ।’

प्रकाशित : २०७७ भाद्र १४, आईतवार १५:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ