प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो (हेर्नुस् डिटेल)


टुडेखोज डेस्क/ जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आईतवार २२७ कोरोना संक्रमितको संख्या थपेसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार २२ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका वरिष्ट जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार पछिल्लो २४ घण्टामा ५६ महिला र १७१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सबभन्दा बढी धनुषामा ७१ जना संक्रमित थपिएका छन् ।

यस्तै पर्सामा ४९ जना, सर्लाहीमा ३५ जना, बारामा ३० जना, महोत्तरीमा ३५ जना, सिरहामा २ जना, सप्तरीमा ४ जना र रौतहटमा १ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये मुख्यमन्त्री कार्यालयमा समेत १ जना छन् ।

यस्तै स्वास्थ्यकर्मी, प्रहरी, बैंक कर्मचारी, सरसफाई कर्मचारीहरु समेत संक्रमित भएका छन् । प्रदेश २ मा कैयौं स्वास्थ्यकर्मीमा समेत कोरोना पुष्टि भएपछि उपचार सेवा नै प्रभावित बनेको छ । कतिपय चिकित्सक समेत कोरोनाबाट डराइरहेका छन् ।

हेर्नुस् पुरा डिटेल :

CamScanner 08-30-2020 17.23.56
प्रकाशित : २०७७ भाद्र १४, आईतवार १७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ