सिडिओ कणेलको पहलले लहानमा फोहोर उठ्न सुरु, के भयो सहमती ?


जयनाथ यादब/ लहान : लहान नगरपालिका बजार क्षेत्रको फोहोर उठाउने विषयमा लामो समयदेखि चलेको विवाद अन्त्य भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको पहलमा आईतवारबाट फोहोर उठ्न सुरु भएको हो ।

लहान नगरपालिकाले वडा नम्बर ४ मा फोहोर फाल्ने डम्पिङ साइट बनाएका थिए । तर वडाबासीले त्यहाँ फोहोर फाल्न नदिएपछि लामो समयदेखि विवाद चल्दै आएको थियो । पछिल्लो समय एक महिनादेखि फोहोर नउठ्दा लहान बजार क्षेत्र दुर्गन्धित बनेको थियो ।

तर सिडिओ कणेलको पहलमा वडाबासी र लहान नगरपालिकाबीच फोहोर उठाउन दिने विषयमा सहमती बनेको छ । वडा नम्बर ७ का अध्यक्ष राकेश गुप्ता ‘रोषण’का अनुसार खुट्टी र बलान नदी मिल्ने दुमुहानमा फोहोर फाल्ने सहमती भएको छ । सहमतीलगत्तै फोहोर उठ्न थालेको हो ।

नगरपालिकाले बनाएको डम्पिङ साइटमा अब फोहोर फालिने छैन । बस्ती रहेकै क्षेत्रमा डम्पिङ साइट बनाएको र फोहोरको दुर्गन्धले बस्नै नसक्ने अवस्था सृजना हुने भन्दै वडा ४ का अध्यक्ष रामनाथ पण्डित नेतृत्वमै वडाबासीले आन्दोलन गर्दै आएका थिए ।

फोहोर लामो समयदेखि नउठ्दा बजार क्षेत्र दुर्गन्धित बनेपछि मेयर मुनि साहको व्यापक आलोचना भइरहेको थियो । फोहोर उठ्न सुरु भएपछि व्यापारी र नगर क्षेत्रका जनता खुःशी भएका छन् ।

प्रकाशित : २०७७ भाद्र १४, आईतवार २०:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ