पूर्वाधार कार्यालयका इन्जिनीयर ५ लाख ३० हजार नगदसहित पक्राउ


टुडेखोज/ रुपन्देही : प्रदेश नम्बर ५ का पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयर घुस रुपैयासहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर मनिष कुमार अर्याललाई घुस रकमसहित पक्राउ गरेको हो । उनलाई ५ लाख ३० हजार रुपैयासहित पक्राउ गरेको आयोगको कार्यालय बुटबलले जनाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाटै उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको बताइएको छ । कार्यालयबाट बाहिर निस्किने वित्तिकै इन्जिनिर अर्याललाई पक्राउ गरिएको आयोगका सूचना अधिकारी सुरेश भुषालले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र १४, आईतवार २०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ