वीरगञ्जका मेयर सरावगीका पिताको उपचार हुँदाहुँदै निधन, आज दाहसंस्कार


टुडेखोज/ पर्सा : वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका पिता चिरञ्जीवीलाल सरावगीको निधन भएको छ ।

७७ वर्षको उमेरमा उनको आईतवार राति काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी व्यावसायी थिए । गत साउन २२ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि बीरगन्जबाट उपचारका लागि काठमाडौं लगिएको थियो । साउन २४ मा अस्पताल भर्ना भएका र भदौं २ मा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

मुटु र मृगौलामा जटिल समस्या देखिएपछि उनको अतिसघन कक्षमा उपचार भइरहेको थियो । तर, अचानक स्वास्थ्य अवस्था बिग्रेपछि निधन भएको बताइएको छ । काठमाडौंस्थित पशुपति आर्यघाटमा सोमवार विहान १० बजे उनको दाहसंस्कार गरिने मेयरका आफ्न्तले जनाएको छ ।

विक्रम सम्वत् २००० सालमा जन्मेका सरावगी वीरगंजमा समाजसेवीका रुपमा स्थापित थिए । मेयर सरावगीसहित उनका दुई छोरा र एक छोरी छन् ।

प्रकाशित : २०७७ भाद्र १५, सोमबार ०७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ