जानकी फाइनान्स अध्यक्ष गुप्ताको ठगी धन्दा : कैयौंको जमिन र सुनचाँदी गुम्यो !


जनकपुरधाम : जनकपुरस्थित जानकी फाइनान्स कम्पनी लिमिटेडका अध्यक्ष अमरनाथ गुप्ताले ठगीधन्दा चलाएको खुलेको छ । गुप्ताको मिटरब्याजी धन्धाबाट कैयौं सर्वसधारणको जग्गा जमिन र सुनचाँदी गुमेको छ ।

गुप्ताले वार्षिक ३६ प्रतिशत ब्याजमा सुनचाँदी धितो राखेर ऋण दिन्छन् । तर धितो राखेको सुनचाँदीको कुनै प्रमाण दिने गरेका छैन् । महिना नलाग्दा पनि पुरा महिनाको ब्याज लिने गरेको पीडितहरुको आरोप छ । गुप्ताले आफ्नो सुनचाँदी पसलमै बसेर ऋण दिने र रकम असुल्ने धन्दा चलाएको छ ।

उनको घर र पसलमा सयौं महिलाको सुनचाँदीको गरगहना बन्धकी राखिएको छ । तर बन्धकी राखेर ३६ प्रतिशतमा ऋण लिएका उनीहरुलाइ गहना बन्धकी राखिएको कुनै प्रमाण दिएको छैन ।

फाइनान्स कम्पनीको अध्यक्ष भएदेखि गुप्ताले ऋण प्रवाह गर्दा कमिसन लिने र ऋण नविकरणमा समेत रकम असुल्ने गर्छन् । एक ऋणी भन्छन्, ‘कमिसन नदिएपछि ऋण नविकरण भएपनि रकम झिक्न दिदैन ।’ जग्गा धितो राखी ऋण लिएका ऋणीहरुको जग्गा लिलामी आफ्ना आसेपासेका नाममा सकार गर्न लगाई ऋणीसँग अतिरिक्त रकम असुल्ने गरेको उनको भनाई छ ।

गुप्ताको ठगी धन्दाका कारण पछिल्लो समय फाइनान्स कम्पनीको साख गिरेको छ । स्रोतका अनुसार गुप्ता नेपाल र भारत दुबै देशका नागरिक छन् । नक्कली कागजातको आधारमा उनले नेपाली नागरिकता लिएका छन् । उनी भारतको जयनगरस्थित घरबाट सुन तस्करी र हुण्डीको कारोबार समेत गरिरहेको स्रोतको दावी छ ।

गुप्ता जनकपुर आएदेखि सुनचाँदीको तस्करी बढेको छ । उनले जानकी मन्दिरको जग्गा अतिक्रमण गरी होटल समेत बनाएको छ । जनकपुरधाम उपमहानगरको मापदण्ड विपरित घर बनाएर जानकी मन्दिरलाई नै पूर्ण रुपमा दक्षिण तर्फबाट छोपिएको छ । तर उनीमाथि कानूनी कारबाही भएको छैन ।

  • जनकपुर टुडे
प्रकाशित : २०७७ भाद्र १५, सोमबार ०९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ