जनकपुरधाम ३ को घर-घरमा खानेपानी पुर्याउन पाइप जडान सुरु


टुडेखोज/ जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ३ मा खानेपानीको पाइप जडान सुरु भएको छ । खानेपानी संस्थान र एडिबी प्रोजेक्टले खानेपानीका ठूला पाइप जडान गर्न लागेको वडाध्यक्ष दिपेन्द्र साहले जानकारी दिए ।

उनका अनुसार केहि असमझदारीका कारण विगत १ वर्षदेखि काम अगाडी बढ्न सकेका थिएन । तर सामाजिक अगुवा दिपेन्द्र ठाकुर र वडा कार्यलयका अथक प्रयासपछि पाइप जडान हुन लागेकोमा सहयोगले काम अगाडी बढेको छ । उनले सहयोग गर्नेहरुप्रति आभार व्यक्त पनि गरेका छन् ।

वडा नम्बर ३ मा करिब ३९० घरधुरी छन् । जसमध्ये २३ घरधुरीमा खानेपानी पुर्याउन पाइप जडान भइरहेको छ । काम करिब १५ दिनमा सम्पन्न हुनेछ । पाइप जडान भएपछि घर घरमा खानेपानी पुग्ने वडाध्यक्ष साहले बताए । वडाध्यक्ष साहले केहिदिन अगाडी ११ वटा कल सार्वजनिक ठाउँमा जडान गराका थिए ।

प्रकाशित : २०७७ भाद्र १५, सोमबार १०:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ