नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा, प्रदेश २ मा को कहाँ आए ? (हेर्नुस् पुरा डिटेल)


टुडेखोज/ जनकपुरधाम : प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक ९डीएसपी० को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले डिएसपीहरुको सरुवा गरेको हो ।

सरुवाको सूचीअनुसार २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा डिएसपी ढकेन्द्र खतिवडाको सरुवा गरिएको छ । यस्तै डिएसपी हरिनन्दन चौधरीलाई २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुरबाट प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, काठमाडौं सरुवा गरिएको छ ।

यस्तै २ नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गण मुख्यालय जनकपुरमा डिएसपी नरेन्द्र कुँवरको सरुवा गरिएको छ । तर उनलाई रौतहटको गरुडास्थित ईलाका प्रहरी कार्यालयमा पठाइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा डिएसपी नरेन्द्र कुमार कार्की र डिएसपी मनोजित कुँवरको सरुवा भएको छ । डिएसपी भुवनेश्वर प्रसाद साहको सरुवा जिल्ला प्रहरी कार्यालय सप्तरी गरेको छ ।

हेर्नुस् पुरा डिटेल :

प्रकाशित : २०७७ भाद्र १५, सोमबार १३:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ