कोरोनाले २४ घण्टामा ७ जनाको ज्यान गयो, ८९९ संक्रमित थपिए


काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार ३ जना महिला तथा बालबालिकासहित ७ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा महत्तरी, गोर्खा, झापा, चितवन, रौतहट र भक्तपुरका छन् ।

योसँगै नेपालमा कुल मृतकको संख्या २२८ पुगेको छ ।

८९९ संक्रमित थपिए

सोमबार देशभर ८९९ जना कोरोना संक्रमित थपिएका छन् ।देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जम्मा संख्यामध्ये पछिल्लो २४ घण्टामा काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेको छ । त्यसमध्ये २२८ जनाको मृत्यु भएको छ भने २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित : २०७७ भाद्र १५, सोमबार १७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ