Breaking- रौतहटका इन्सपेक्टर सिंह र हवलदारद्वयलाई निलम्बन गरियो


टुडेखोज/ जनकपुरधाम : विजय रामलाई यातना दिएर ज्यान लिएका जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित तीन प्रहरी निलम्बनमा परेका छन् ।

इन्सपेक्टर नविन सिंह र हवल्दारद्वय हिरोज मियाँ धुनिया र मत्रुकुमार सिंह निलम्बनमा परेका हुन् । प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर सिंहलाई र प्रदेश प्रहरी कार्यालयले हवल्दारद्वयलाई निलम्बन गरेको छ । घटनाको छानविन पुरा नभएसम्मका लागि इन्सपेक्टर सिंह र हवलदारद्वयलाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय गरुडाले निरञ्जन रामको हत्या अभियोगमा विजय रामसहित सात जनालाई साउन ३२ गते पक्राउ गरेको थियो । रामलाई जिल्लाबाट खटेको इन्सपेक्टर सिंह र हवलदारद्धयले यातना दिएका थिए । अवस्था विग्रेपछि रामलाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरियो । तर उपचारकै क्रममा उनको भदौं ११ गते मृत्यू भयो ।

रामको मृत्यूपछि गरुडामा दलित अगुवाहरुले पटक पटक प्रदर्शन गरी यातना दिने प्रहरीलाई कारबाही गर्न माग गर्दै आएका थिए । उक्त घटनाको छानविनका लागि छानबिन गर्न टोली समेत गठन गरिएको छ ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार १४:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ