एकै परिवारका ९ जनामा कोरोना भाइरस पुष्टि, गाउँ सिल गरियो


टुडेखोज/ रुपन्देही : कोरोना भाइरसको संक्रमणले रुपन्देही पनि आक्रान्त बनेको छ । रोहिणी गाउँपालिका ३ चैनपुर टोलका एकै परिवारका ९ जनामा कोरोना पुष्टि भएको हो ।

सोमबार साँझ आएको पीसीआर रिपोर्टमा उनीहरुमा कोरोना संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । उनका अनुसार भदौ ८ गते ६२ जनाको स्वाब परीक्षणका लागि पठाएको मध्ये २९ जनाको रिपोर्ट आएकामा एकै परिवारका ९ र अन्य ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

अन्यको रिपोर्ट आउन बाँकी अध्यक्ष यादबले बताए । उनका अनुसार अहिले चैनपुर टोललाई सिल गरिएको छ । यसअघि भदौ ६ गते उपचारका लागि भारतको गोरखपुर लैजाने क्रममा मृत्यु भएका चैनपुरका संक्रमितको परिवारका ९ सदस्यलाई अहिले कोरोना संक्रमण देखिएको हो ।

उनको दाहसंस्कारमा सहयोग गरेका सोही टोलका अन्य ४ जनामा समेत संक्रमण देखिएपछि चैनपुरमा समुदायमा संक्रमण फैलिन नदिन टोल नै सिल गरिएको अध्यक्ष यादवले बताए । रोहिणीमा अहिलेसम्म २१ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित मध्ये २ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार १५:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ