कोरोनाले प्रदेश २ आक्रान्त, ७८ पुरुष र १६ महिलाको ज्यान गयो


टुडेखोज/ जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरसबाट मृत्यू हुनेको संख्या ९४ पुगेको छ । कोरोनाले मंगलवार थप ४ जनाको मृत्यू भएपछि यस प्रदेशमा मृतकको संख्या ९४ पुगेको हो ।

सामाजिक विकास मन्त्रालयका वरिष्ट जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार पछिल्लो २४ घण्टामा पर्सामा २ जना, बाराका १ जना र सिरहाका १ जनाको कोरोनाले ज्यान लिएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका २० हरपतगंजका ५३ वर्षीय पुरुष र पर्साकै ६० वर्षीय अर्का एक पुरुषको ज्यान गएको छ । यस्तै बाराको कोल्हवि नगरपालिका १ का ५० वर्षीय पुरुष र सिरहाको मिर्चैया नगरपालिका ६ का ६५ वर्षीय पुरुषको पनि कोरोनाले ज्यान लिएको छ ।

मृतकको संख्या पर्सामा ३६, बारामा १४, धनुषामा १२, महोत्तरीमा १०, सप्तरीमा ६, रौतहटमा ५ र सर्लाहीमा ३ पुगेको छ । मृतकमध्ये एक स्वास्थ्यकर्मी (हेल्थ असिस्टेन्ट) र एक बालिका समेत छन् ।

मृतक अधिकांश ४० वर्ष माथि उमेर समुहका छन् । दिर्घरोगी रहेकाहरु संक्रमित भएपछि ज्यान जोगाउन मुस्किल हुने गरेको स्वस्थ्यकर्मीहरु बताउँछन् । दिर्घरोगी नभएकाहरु कोरोनालाई जितेर घर फर्किरहेको बताइएको छ ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार १८:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ