बाँचेपछि विकास गर्ने हो, अहिले जनताको ज्यानको रक्षा गर्न जुटौं : मुख्यमन्त्री राउत


जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले कोरोना महमारी नियन्त्रणका लागि आठवटै जिल्लाहरुबाट प्राप्त सुझावहरु यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलवार धनुषा र महोत्तरीका सरोकारबलाहरुसंग महामारी नियन्त्रणका लागि चाल्नुपर्ने कदमहरुबारे सुझाव लिन बर्दीबासमा सम्पन्न भएको छ । छलफलमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा भइरहेको प्रयास र अगामी दिनमा चाल्नुपर्ने कदमबारे आठ वटै जिल्लाका सरोकारबालाहरुले दिदिएको सुझावमा कतिपय कार्यान्वयनको चरणमा रहेको र बाँकी यथाशीघ्र पुरा गर्ने प्रतिवद्धता जनाए ।

अहिलेको महामारीको समयमा लामो गफ होइन, काम गर्ने बेला रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने, ‘जनता बाँचेपछि मात्र विकास गर्ने हो । अहिलेको समयमा जनताको ज्यानको रक्षा गर्न हामी सबै जुटौं ।’ बर्दीवासमा संचालनमा आएको पिसिआर ल्याबमा समेत प्रदेश सरकारले आवश्यक सम्पूर्ण सहयोग गर्ने बताए ।

बैठकमा समाजिक विकास मन्त्री नवल किसोर साहले महामारी नियन्त्रणको लागी जनचेतना नै सबैभन्दा ठुलो हतियार बन्ने भएकोले त्यसमा जुटन सबैसँग आग्रह गरे ।

यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, जनकपुर उपमहानगरका प्रमुख लालकिसोर साह, बर्दीवास नगरका प्रमुख विदुर कार्की, सोनमा गाउपालिकाका प्रमुख राजकुमार यादव सहितका सम्बोधन गरेका थिए ।

कार्यक्रममा धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको अवस्थामा अगामी दिनमा चाल्नुपर्ने कदमबारे आ–आफनो प्रस्तुती राख्नु भएको थियो । यसअघि प्रदेश सरकारले सरोकारबालाहरुसंग सुझाव लिन पर्सा र बाराको पथलैयामा, रौतटह र सर्लाहीको हरिवनमा, सप्तरी र सिरहाको लहानमा छलफल गरेको थियो ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार १९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ