सप्तरी : प्रहरी नायब निरीक्षकमा कोरोना पुष्टि, संक्रमितको संख्या ८०७ पुग्यो


राजविराज : सप्तरीमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई)मा कोरोना संक्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत ४५ बर्षीय सईमा कोरोना पुष्टि भएको हो ।

गजेन्द्रनारायण सिंह अस्पतालले सार्वजनिक गरेको रिपोर्टमा
सई संक्रमित भएको उल्लेख छ । संक्रमित सई सिरहाको धनगढी निवासी रहेको बताइएको छ । उनको अवस्था भने सामान्य रहेको छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमित प्रहरीको संख्या ९ पुगेको छ । सप्तरीमा हालसम्म ८ सय ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।। जसमध्ये मंगलबारसम्म ५ सय ५ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

सप्तरीका ६ कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : २०७७ भाद्र १६, मंगलवार २१:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ