मलको हाहाकार अन्त्य गर्न देशमै कारखाना खोलौं : डा. भट्टराई


टुडेखोज/ काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मलको हाहाकार अन्त्य गर्न देशमै कारखाना खोल्नुपर्ने बताएका छन् ।

उनले नेपालमा प्रत्येक वर्ष रासायनिक मलको हाहाकार भइरहेको भन्दै हाहाकार अन्त्य गर्न देशमै कारखाना खोल्नुपर्ने बताएका हुन् । भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘प्रत्येक वर्ष हुने मलको हाहाकार अन्त्य गर्न भारत,बंगलादेश र चीनसंग संयुक्त लगानीमा नेपालमै कारखाना खोलौं ।’

उनले थपेका छन्, ‘मल बढी उत्पादन हुने खाडी मुलुकसंग सम्झौता गरेर सिधैं आयात गरौं । तेलमा झैं मलमा पनि भारतसंग द्विपक्षीय सम्झौता गरेर आयात गरौं ।’ देशभित्रै प्रांगारिक मल प्रबर्धन गर्नुपर्ने उनको भनाई छ ।

नेपालमा समयमै मल आपूर्ति हुन नसक्दा हाहाकार भएको छ । अहिले विशेषगरी तराई मधेसका किसानहरु मलको अभावमा समस्या झेलिरहेका छन् । नेपाल सरकारले मल उपलब्ध गराएका छैन, भारतबाट ल्याउँद सुरक्षाकर्मीले हैरान पार्ने गर्ने किसानको गुनासो छ ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार ०८:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ