जनकपुरको अस्पतालमा एकैपटक ४ बच्चा जन्माएकी खातुनको ज्यान गयो


सिबेन्द्र रोहिता/ जनकपुरधाम : चार बच्चाको जन्म दिएकी धनुषाकी एक महिलाको मृत्यू भएको छ । विदेह नगरपालिका ७ जोगियारा घर भएकी अमिरुल खातुनको मृत्यू भएको हो ।

शल्यक्रिया पश्चात चार बच्चाको जन्माएका कारण स्वास्थ्य अवस्था गम्भिर बनेपछि खातुनलाई भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनको आज दिउँसो मृत्यू भएको अस्पताल स्रोतले जनाएको छ । मृत्यूपछि अस्पतालका डाक्टर केहि प्रतिक्रिया दिन मानेका छैन ।

मंगलवार साँझ खातुनले तीन छोरी र एक छोराको जन्म दिएकी थिइन् । बच्चाको अवस्था समेत गम्भिर रहेको बताइएको छ । अहिले चारै बच्चाको उपचार आइसियु कक्षमा भइरहेको छ ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार १६:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ