बुधवार मात्रै ११ सय २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कति पुग्यो ?


काठमाडौं : नेपालमा बुधवार थप ११ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २१ सय २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३८८ जना कोरोना संक्रिमत थपिएका छन् ।

हाल देशभर १८ हजार १०८ जना सक्रिय संक्रमित रहेको प्रवक्ता डा. गौतमले बताए । संक्रमितमध्ये १० हजार ४९३ संस्थागत आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहने संक्रमितको संख्या ७ हजार ६१५ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ११२ जना संक्रमण मुक्त भएका छन्। योसहित हालसम्म २३ हजार २९० जना निको भएका छन्

प्रकाशित : २०७७ भाद्र १७, बुधबार १६:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ