जनकपुर : कुवा बजारको खाल्डोमा एक बृद्धको लाश भेट्यो


टुडेखोज/ जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १२ स्थित कुवा बजारको एक खाल्डोमा एक बृद्ध मृत फेला परेका छन् ।

आज दिउँसो ३ बजे अन्दाजी ७० वर्षीय बृद्ध मृत फेला परेका हुन् । सेतो कुर्ता र कालो पाइन्ट लगाएको र काँधमा गाम्छा राखेकै अवस्थामा बृद्ध मणिराम यादवको शव फेला परेको धनुषाका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

अत्यधिक मदिरा सेवन गरेका कारण उनको मृत्यू भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार १७:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ