प्रदेश २ मा बुधवार थपिए २५० कोरोना संक्रमित (हेर्नुस् पुरा डिटेल)


किसन साह/ जनकपुरधाम : प्रदेश २ मा बुधवार २५० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार ५५६ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादबका अनुसार पछिल्लो २४ घण्टामा ६६ महिला र १८४ पुरुषमा कोरोना पुष्टि भएको छ । बुधवार सबभन्दा बढी धनुषामा ५८ जना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा २९ जना, सिरहामा १३ जना, बारामा ५२ जना, पर्सामा १४ जना, सर्लाहीमा ५१ जना, सप्तरीमा १५ जना र रौतहटमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बुधवार बाराको सिमरौनगढ नगरपालिका ९ का ९७ वर्षीय बृद्धको कोरोना भाइरसले ज्यान लिएको छ । योसँगै यस प्रदेशमा कोरोनाले ७९ पुरुष र १६ महिला गरी ९५ जनाले ज्यान गुमाएका छन् ।

बुधवार ८३ जना कोरोनालाई जितेर घर फर्केका छन् । कोरोना जितेका मध्ये ८० जना पुरुष र ३ जना महिला रहेकी सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

CamScanner 09-02-2020 17.02.46
CamScanner 09-02-2020 17.02.46
CamScanner 09-02-2020 17.02.46
प्रकाशित : २०७७ भाद्र १७, बुधबार १८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ