रौतहटका पुजारीको हत्या रकम लेनदेनका कारण भएको खुलासा, २ जना पक्राउ


टुडेखोज/ जनकपुरधाम : रौतहटको माधवनारायण नगरपालिका २ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षी पुजारी श्रीराम साहको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय राम नरेश राउत पटेल र बाल कुमार पटेल छन् । बुधवार विहान उनी दुबै जनालाई प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्त विशेष टोलीले पक्राउ गरेको हो । उनीहरु बौधिमाई नगरपालिका ७ वडकी बंकुल क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ परेको बताइएको छ ।

पक्राउ परेका राम नरेश रामको बुवाले पुजारीसँग रकम ब्याजमा लिएको थियो । पुजारीले रकम मागेपछि राम नरेशका बुवासँग विवाद भएको थियो । केहि दिनपछि रामनरेशसँग समेत पुजारीको विवाद भएको थियो । सोही निहुँमा राम नरेश, बाल कुमार र अन्य केहि व्यक्ति मिलेर पुजारीको हत्या गरेको खुलेको छ ।

राम नरेशले पेस्तोलले गोली हानेको र बाल कुमारले सडकमा आवागमनको निगरानी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दुवै जनाले अपराध स्वीकार गरिसकेका छन् । प्रहरीले जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गराएर दुवै जनामाथि अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार १९:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ