रासायनिक मल लिन लाइन बसेका किसानमाथि प्रहरी हस्तक्षेप


टुडेखोज/ चितवन : सरकारले मल उपलब्ध गराउन नसक्दा देशभर रासायनिक मलको हाहाकार भएको छ । धानलगायतका बालीमा मल हाल्नुपर्ने समयमा सरकारले मल उपलब्ध नगराउँदा कृषक चिन्तित भइरहेका छन् ।

खासगरी धानलगायतका बालीलाई चाहिने युरिया मलको देशभर हाहाकार भएको छ । देशका अरु भागमा झै चितवनमा पनि मलको संकटका कारण कृषकमा छटपटी बढेको छ । मल पाइने आशामा स्थानीय सहकारी संस्थाहरुमा सयौंको संखामा मानिस लाइन बसे पनि पाउन नसक्दा दुःखित बन्नेहरु छन् ।

बिहान सबेरैदेखि घण्टौं लाइनमा बसेका सयौं किसान रित्तो हात फर्कन बाध्य भएका छन् । जिल्लामा करिब २ सय टन अनुदानको मल कृषि ज्ञान केन्द्रको सिफारिसमा एक सय वटा सहकारी संस्थालाई वितरण गरिए पनि मल लिन बस्नेहरुको ठूलो लाइन हुँदा सबैले मल नपाएका हुन् ।

कतिपय सहकारीले दशरदश किलोका दरले दामासाहीमा बाँडेका थिए । सहकारीहरुमा हजारौं किसान आवद्ध भएपनि मल उपलब्ध गराउन नसकेको सहकारीहरुले जनाएका छन् ।

मल लिन लाइन बसेका तर नपाएका कृषकलाई प्रहरीले बल नै प्रयोग गरेर तितरबितर पारेको थियो । स्थानीय प्रशासनले कोरोना संक्रमणको त्रासमा निषेधाज्ञा लगाए पनि हजारौंको संख्या मानिस लाइनमा पुगेका थिए ।

प्रशासनले मल माग्ने किसानलाई प्रहरी लगाएर लखेटेकामा किसानहरुले दुःखेसो गरेका छन् ।

प्रकाशित : २०७७ भाद्र १७, बुधबार २१:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ