नेपाल सरकारले घटनाको छानविन सिआइबीसँग गर्न लगाओस् : अभियन्ता राय


जनकपुरदेखि संसार फैलदै गरेका डा. सुजित साहको मृत्युको खबर सुनेर स्तंभ भएको छु । भारतमा मात्र नभएर एसियाकै अब्बल अस्पतालको रुपमा रहेको मेदान्ताको कलेजो प्रत्यारोपण सर्जन रहेका डा. साहको रोवर्टको माध्यमबाट कलेजो प्रत्यारोपण गर्ने चिकित्सकका रुपमा विश्वभर चर्चा चुलिदैं गएको थियो ।

सुसाइड नोट लेखि छतबाट कुदेर आत्महत्या गरेको भारतीय मेडीयामा खबर छ। तर सुजितको करिवी मित्रहरूले फोन मार्फत सुजीतले कुनै पनि हालतमा आत्महत्या गर्ने व्यक्ति नभएको र कुनै पनि सुसाइड नोट नपाएको जानकारी दिएका छन् ।

डा. सुजित संगै स्कुल पढेको साथी मेरो भाईको अनुसार बाल्यकाल देखी सुजित अव्वल विधार्थी थिए, जनकपुरको जानकी आवासीय माविबाट एसएलसी, सेन्ट जेभियर्स कलेज माइतीघरबाट आईएस्सी, मणिपाल मेडिकल कलेज पोखराबाट एमबिबिएस, चण्डीगढबाट छात्रवृत्तिमा एम.एस. र एम्सबाट कलेजो प्रत्यारोपण सर्जरीमा एमसीएच गरेका थिए ।

मेदान्ता अस्पतालमा डा. सुजित सबैभन्दा अव्वल चिकीत्सक थिए । एक नेपालीको भारतमा यति लोकप्रियता मृत्युको कारण हो कि अन्य? यदि आज नेपाल चुप रहयो भन्ने डा. सुजितको मृत्युको सत्यता रहस्य नै बनेर रहन्छ । यस्तै डा. सुजितको मित्र डा. शिव शंकर साहले सुशान्त सिंह हत्याकाण्ड जस्तो यो पनि हो कि भनेर शंका गर्ने ठाउं पर्याप्त रहेको बताए ।

यस दुखद घडीमा स्वर्गिय मृत आत्माको चिर-शान्तिका कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दछु, साथै निज मृतकका शोक सन्तप्त परिबारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु । यस केसको पनि सिबीआईले अनुसन्धान गरोस् भनेर नेपाल सरकारमार्फत भारत सरकार (PMO INDIA)संग जोड़दार मांग गर्दछु ।

(जनकपुर घर भएका राय समाजिक अभियन्ता हुन् ।)

प्रकाशित : 3 September 2020 8:36 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !