विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन दूतावासलाई ८० लाख पठाइयो


काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण गरिएको लकडाउनले विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन ८० लाख रुपैयाँ रकम पठाइएको छ ।

देशमा लकडाउन भएको र घर फर्कन अन्तर्राष्ट्रिय उडान पनि बन्द भएकाले अलपत्र परेका नेपालीको राहत र उद्धारका लागि खाडी र मलेसियाका नेपाली दूतावासलाई वैदेशिक रोजगार बोर्डले ८० लाख रुपैयाँ पठाएको छ ।

दूतावासले माग गरे अनुसार मलेसियामा १० लाख, यूएईमा २० लाख, साउदी अरेबियामा ३५ लाख र बहराइनमा १५ लाख रुपैयाँ पेश्की पठाइएको बोर्डले जनाएको छ । नेपालीको उद्धार र राहतका लागि रकम दूतावासले माग गरेको थियो ।

मलेसियामा घरफिर्ती केन्द्रमा रहेका ८६ जना नेपाली श्रमिकको स्वदेश फिर्तीका लागि हवाई टिकट काट्न ३० लाख रुपैयाँ पठाइएको छ । दूतावासले माग गरे अनुसार नै ३० लाख रुपैयाँ परराष्ट्र मन्त्रालयमार्फत पठाएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार अन्य दूतावासमा समेत प्रमाणित विवरण पठाउन समन्वय र सहकार्य भइरहेको छ । साउन महिनामा विदेशबाट उद्धार गरी ल्याइएका र होल्डिङ सेन्टरदेखि घरसम्म पुग्न नसक्दा अलपत्र परेका १८७ जना श्रमिकको खर्च १ लाख ९७ हजार १ सय रुपैया पनि बोर्डले व्यहोरेको छ ।

प्रकाशित : २०७७ भाद्र १८, बिहीबार १५:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ